रौतहट, १ जेठ । जारी रहेको मतगणनाको परिणाम अनुसार गौर नगरपालिकाको मेयर पदमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार शम्भु साहले फराकिलो रुपमा अग्रतालाई कायमै राखेका छन् ।
गौर नगरपालिकामा रहेको ९ वटा वडा मध्ये सम्पन्न भएको १ र २ नम्वर वडाको मतपरिणाम अनुसार नकेपा एसको उम्मेदवार साह भारी मतले अग्रतालाई कायमै राखेका हुने । नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृह नगर गौरको मेयर उपमेयर, सदस्य प्यानल सहित निर्वाचित हुने प्रवल सम्भावना बढेर गएको छ ।
प्राप्त मतपरिणम अनुसार नेकपा एसका उम्मेदवार साहको पक्षमा १९२५, निकटतम प्रतिद्धन्दी लोसपाका अजयकुमार गुप्तालाई ६४२ र नेपाली काँग्रेसका मोहन यादवलाई ६०८ मत पाएको छ । साह निकटतम प्रतिद्धन्दीबाट तेब्बर मतले अगाडी चलिरहेका छन् ।
यसैगरी वडा नम्वर १ मा नेकपा एसबाट लालबाबु चौधरी र नेकपा एसबाटै वडा नम्वर २ मा विनोद चौधरी पूरै प्यानल सहित विजयी भएको छ । गौरमा कलमको आँधीवेरीको अगाडी रुख र साइकल दुबैलाई जनताले नकार्दै कलमको पक्षमा भारी मतदान गरेको मतगणनाको परिणामबाट स्पष्ट संकेत दिएको छ ।