कोभिड विरुद्धको खोप लगाउने कार्य रौतहटमा सुरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीले लगाए पहिलो खोप

   १४ माघ २०७७, बुधबार १४:०६  

तराई टप संवाददाता
रौतहट, १४ माघ । विश्व व्यापी कोरोनाको संत्राश खेपीरहेका नेपाली नागरिकहरुको सेवामा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीलाई बुधवार देखि कोभिड विरुद्धको भ्याक्सीन लगाउने कार्य सुरु गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा प्राप्त भएको ४०१ भायल कोभि सिल्ड भ्याक्सीनले चार हजार १० जना व्यक्तिलाई पहिलो चरणमा खोप लगाउने जानकारी दिदै स्वास्थ्य कार्यालय प्रमुख दिपेन्द्र कुमार रायले पहिलो खोप कार्यालय सहायक उमेश मण्डललाई लगाइएको बताए । अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी, सफाईकर्मी गरी ७ जनालाई खोप दिइएको स्पष्ट पारे ।


जिल्ला स्वास्थ्य कार्यालय गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले झण्डै १० महिना देखि कोरोनाको संत्राश खेपिरहेको नेपाल र नेपाली नागरिकहरुलाई सुरक्षित राख्न नेपाल सरकारको प्रयासमा भारत सरकारको अनुदान प्राप्त (कोभी सिल्ड) आजबाट अग्रपंक्तिमा रहेर नागरिकलाई सेवा प्रदान गरिरहेका चिकित्साकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीलाई कोरोनाको भ्याक्सीन लगाउने कार्य सुरु गरिएकोमा खुशी व्यक्त गरे ।
गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले लामो समय देखि कोरोनाको मार खेपिरहेको रौतहटबासी समक्ष कोभिड भ्याक्सीन आइपुगेकोमा नेपाल सरकारलाई धन्यवाद दिदै रौतहट जिल्लाको १८ वटै पालिकाको जनताहरुलाई प्राथमिकताको साथ कोभिड विरुद्धको भ्याक्सीन दिनुपर्ने सम्बन्धित निकाय संग माग गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै