मौलापुर नगरपालिकाको १ नम्वर वडामा नेकपा माओवादी केन्द्रले खाता खोल्यो

रौतहट, १ जेठ । मौलापुर नगरपालिका वडा नम्वर १ मा नेकपा माओवादीका उम्मेदवार जयनाथ प्रसाद कुशवाहा विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहेका कुशवाहाले आफना निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार बैद्यनाथ प्रसाद साहलाई १७० मतको अन्तरबाट पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । कुशवाहालाई ८२८ मत परेका छन् भने एमालेका साहको पक्षमा ६५८ मत मात्रै खसेको थियो ।