रौतहट, १ जेठ । रौतहट जिल्लाको ९ वटा स्थानीय तहमा जारी रहेको मतगणनाको पछिल्लो परिणाम अनुसार ४ पालिकामा नेपाली काँग्रेस, २ मा माओवादी केन्द्र, २ पालिमा नेकपा एस र १ पालिकामा लोसपाको उम्मेदवारले बढत बनाएका छन् ।
माधवकुमार नेपालको गृह जिल्ला रहेका रौतहट सदरमुकाम गौरमा नेकपा एसका उम्मेदवार शम्भु साहले तेब्बर मतको फराकिलो अन्तरले अग्रतालाई कायमै राखेका हुन् । राजदेवीमा नेका एसका भिखारी रायले बढत बनाएको छ । नेपाली काँग्रेसले चन्द्रपुर, परोहा, राजपुर र कटहरियामा बढत बनाएका छन् ।
यस्तै मौलापुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रको उम्मेदवारले निकटतम प्रतिद्धन्दी माथि अग्रता कायमै राखेको छ । इशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजवादीको उम्मेदवारले बढत बनाएको छ ।
चन्द्रपुर नगरपालिकामा नेपाली काँग्रेसको उम्मेदवार संजय काफलेले ६०० भन्दा बढि मतले अग्रता कायमै राखेको छ । यस्तै दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भु सिंहले नेपाली काँग्रेसका उम्मेदवार अरुण साह माथि साढे पाँच सयको अन्तरले बढत जारी राखेका छन् ।
वृन्दावन, माधवनारायण र देवाही गोनाहीमा अहिले सम्म मतगणना सुरु हुन सकेको छैनन् । गरुडा, गढीमाई, बौधीमाई, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाको १६ वटा मतदान केन्द्रमा यही ३ गते मंगलवार निर्वाचन हुने बुझिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन