१२ जना उम्मेदवारहरु वडाध्यक्षमा विजयी

   १ जेष्ठ २०७९, आईतवार २०:०७  

रौतहट, १ जेठ । रौतहट जिल्लाको १८ पालिका मध्ये जारी रहेको ९ पालिकाको पछिल्लो मतपरिणाम अनुसार १२ जना वडाध्यक्ष निर्वाचित भएका छन् ।
गौर नगरपालिकाको वडा नम्वर १ र २ मा नेकपा एकिकृत समाजवादीको तर्फबाट लालबाबु चौधरी र विनोद जयसवाल निर्वाचित भएका हुन् । दुर्गा भगवती गाउँपालकाको वडा नम्वर १ र २ बाट नेपाली काँग्रेसको प्रदुम्न चौधरी र सुरेश चौधरी निर्वाचित भएका छन् भने चन्द्रपुर नपाको १ बाट नेपाली काँग्रेसको बलराम राउत र वडा नम्वर २ बाट माओवादीको बुद्ध लामा निर्वाचित भएको बताइएका छन् ।
मौलापुर नगरपालिकाको १ बाट माओवादीका जयनाथ कुशवाहा र २ बाट एमालेका श्रीभगवान पटेल, इशनाथ नपाको वडा नम्वर १ बाट लोसपाका विगु व्यास र वडा नम्वर ९ बाट एमालेको शेख खुशिद्दिन तथा राजदेवी नगरपालिका वडा नम्वर १ बाट नेकपा एसका रामनरेश यादव र वडा नम्वर ९ बाट महेन्द्र दास निर्वाचित भएकाहरुलाई निर्वाचत अधिकृतले विजयी भएका उम्मेदवारुलाई प्रमाण पत्र समेत वितरण गरिसकेको छ ।
रौतहट जिल्लामा मतगणना कछुवा गतिमा जारी रहेको अवस्था देख्दा आउदो ५ दिन सम्म मतगणना कार्य जारी रहने देखिन्छ । मतगणनाको कार्यलाई तिव्रता दिन उम्मेदवारहरुले सम्बन्धित निर्वाचन अधिकृतहरु संग आग्रह गरेको बताइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै