चाँदी खोलामा मापदण्ड विपरित खोला दोहन गरिरहदा पनि सम्बन्धित निकाय उदाशिन रहेको स्थानीयको आरोप

   १४ माघ २०७७, बुधबार १५:१६  

रौतहट, १४ माघ । जथाभावी रुपमा मेशिनको प्रयोगबाट खोला दोहन गरेर खोलाजन्य पदार्थ उत्खनन गर्दा छेउछाउमा रहेको बस्ती जोखिममा पर्दै गएपनि सम्बन्धित उदाशिन रहेको छ ।
रौतहटको उत्तरमा रहेको राजमार्ग संग जोडिएका चाँदी खोलाबाट निर्माण कम्पनीले जथाभावी रुपमा खोला दोहन गरी बालुवा, गिटी, ग्राभेल निकाल्दा खोलामा ठूल ठूला खाल्डो भएको, बाटो भासिदै गएको तर उक्त अनियमित कार्यलाई निरुत्साहित गर्ने सम्बन्धित निकाय उदाशिन रहदा आसपासको वस्ती जोखिममा पर्दै गएको स्थानीय बासिहन्दाहरुले गुनासो गरेको हो ।


चन्द्रपुर नगरपालिकाले चाँदी खोलाबाट खोला जन्य पदार्थ निकाल्नको लागि लगाएको ठेक्का आशिक कन्ट्क्सन निर्माण कम्पनीले वातावरणमा प ्रत्यक्ष असर पर्ने गरी नियम विपरित जथाभाी रुपमा स्काभेटर र जेसिभी मशिनबाट उत्खनन गरिरहदा पनि त्यसलाई रोक्न निकाय असफल रहेको आरोप स्थानीय पवन महतोले लगाए । खोला उत्खनन गर्न ठेक्का पाएको कम्पनीले मोतीपुर घाटमा मनलाग्दी खोला उत्खनन गर्दा भविष्यमा खोला गाउमा पस्ने खतरा बढदै जान थालेको उनले बताए ।
मोतीपुर घाटमा ठेकेदार कम्पनीले नगरपालिकाबाट तोकिएको मापदण्ड भन्दा चार गुण बढि ठूल ठूला गहिरो खाल्डो बनाएको र सोही खाल्डोका कारण खोला गाउमा पस्ने खतरा बढेको स्थानीयले बताए । खोला दोहनका लागि ठेक्का पाएका ठेकेदारले खोलाको ग्रावेल पानी चुहाउदै लैजाने गरेका कारण मोटर साईकल र साईकलमा हिड्ने बाटाहरु चिप्लेर लडने खतरा बढदै गएको भएपनि सम्बन्धीत निकायले त्यस तर्फ ध्यान नदिएको महतोले आरोप लगाए ।
बर्षा याममा बाढीको पानी खोलामा अत्याधिक भई खोलानै गाउमा पस्ने गरी उत्खनन् हुदा उत्खननको बारेमा चन्द्रपुर नगरपालिकामा जानकारी गराउदा समेत कुनै वास्ता नभएको महतको आरोप छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचनद्र चौधरीले मनलाग्दी खोला उत्खनन् भएको र खोला बर्षामा आएको बाढीमा गाँउमा पस्ने सम्भावना हँुला सोको अनुगमन गरी काम रोक्ने बताए । जिल्लाका अधिकांस खोला पछिल्लो समय ठेकेदारले मनलाग्दी उत्खनन् गर्ने गरेको भएपनि त्यस तर्फ सम्बन्धित पालिकाले ध्यान नदिएको गुनासो स्थानीय स्तरमा बढदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै