नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार डिके झा १६० मतले विजयी

   २ जेष्ठ २०७९, सोमबार १५:३६  

मत्सरी (दुर्गा भगवती), २ जेठ । स्थानीय तहको निर्वाचन पश्चात जारी रहेको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा माओवादी केन्द्रका युवा विद्याथी नेता धर्मेन्द्रकुमार झा दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ को अध्यक्षमा पुन ः निर्वाचित भएका छन् ।
राजनीतिमै भविष्य दाउमा लगाएर विद्यार्थीकाल देखि नै सक्रिय रहेर समाज सेवामा तल्लिन रहेका होनहार नेता धर्मेन्द्र (डिके झा) ले दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ को वडाध्यक्षमा दोश्रो कार्यकालको लागि जनताले पत्याएर जिताएका हुन् ।
डिके झाको गोलाकार हसिया हथौडामा ७३३ मत प्राप्त गरी विजय हाँसिल गरेको छ । उनका प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट युवा जाँगरका साथ चुनावी मैदानमा होमिएका निरज झा १६० मतले पराजित भए । लोसपाका झाले ५७३ मत मात्रै पाउन सके ।
विजय उम्मेदवारलाई तराई टपले बधाई दिर्दै पुन ः दोश्रो काल सफलता पूर्वक अझै जनउत्तरदायी, जिम्मेवारीपूर्वक पुरा गरुन भने शुभकामना दिदै पराजित भएका उम्मेदवार पनि आफूलाई जनताको माया र मतलाई स्वीकार्य गरी अझ जनताहरु माझ सेवा गरी विश्वास जित्न अग्रिम शुभकामना दिन चाहन्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै