गौर र दुर्गा भगवतीमा जय शम्भु

   २ जेष्ठ २०७९, सोमबार १८:०६  

रौतहट, २ जेठ । स्थानीय तहको निर्वाचनमा जनता जनार्दनले गौर नगरपालिका र दुर्गा भगवती गाउँ पालिकामा जय शम्भुको पक्षमा भारी मतदान गरेको मतपरिणामबाट स्पष्ट भएको छ दुबै पालिकामा उनीहरुको परचम लहराउने पूर्ण संकेत देखा परेको छ ।
गौर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का उम्मेदवार शम्भु साह कानु र दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी एकिकृतका उम्मेदवार शम्भु सिंहलाई यसपाली जनता जनार्दनले पत्याएर अपार मत उनका चुनाव चिन्हमा मोहर लगाएर मतपेटिकामा खसाएको हो ।
गौरमा साहको पक्षमा दोब्बर मतले अगाडी बढाएको छ भने दुर्गा भगवतीमा सिंहलाई एक हजारको फराकिलो मतले अग्रता बनाउनमा जनताले आफनो अभिमत दिएका छन् । जनता जनार्दनले यसपाली विकास नगर्ने, आर्थिक अनियमितता गर्ने, मन नपराउनेलाई पाखा लगाउदै नयाँ उम्मेदवारको पक्षमा मतदान गरेर आफनो भाग्य निर्माणका लागि साथ दिएका छन् ।
जनता जनार्दन हो, जनता न्यायाधिश हो, जनताले दिएको अमूल्य मतलाई सदुपयोग गर्ने व्यक्तिहरु सेवक बनेर जनताको पिर मर्का, जनजिविकाको लागि काम गर्ने अगुवा रोज्ने गर्दछन् तर जनताबाट चुनिएका व्यक्तिहरु ५ बर्षका लागि मात्रै हुन्छन् त्यही अवधीमा सेवक नबनी मालिक बनेर हुकुमत चलाउदा त्यसको हाल अहिलेको निर्वाचनले देखाएको छ । तसर्थ जनताको अभिमतलाई सदुपयोग गर्दै गाँस, वास, कपासको साथै मानविय जीवनलाई आवश्यक पर्ने सम्पूर्ण कार्यलाई पुरा गर्न गराउने जिम्मेवारी निर्वाचित पदाधिकारीको हुन्छन् त्यसैले जनताबाट चुनिएको व्यक्ति सेवक बनेर काम गर्दा सधै जनताको सामु उदाहरणीय बन्न सक्छ, हिरो बन्न सक्छ तर मालिक बनेर शासन गर्नेलाई जनताले पाखा लगाउने पात्र कहिल्यै नबनौं भन्ने शुभकामना तराई टप ले दिन चाहन्छ ।
जनता सर्वोपरी हो, जनताको सुखदुखमा साथ दिनेलाई जनताले सधै आफनो भाग्य विधाताको रुपमा हेर्ने गर्दछन् तर राजनीति गर्ने व्यक्ति सधै सेवक बनेर बसेमा जनता उसैको पक्षमा तल्लिन भएर साथ दिने छन् भने तराई टपको विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै