रद्द भएका मतदान २४ केन्द्रमा बुधवार मतदान हुने

   २ जेष्ठ २०७९, सोमबार १८:५६  

रौतहट, २ जेठ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उच्श्रंख्ल गतिविधि, मतपेटिका तोडफोड लगायत विभिन्न झै झगडाका कारण रौतहटमा रद्द भएका २४ मतदान केन्द्रमा आउदो बधवार (४ जेठ) मा मतदान हुने भएको छ ।
दुई गाउँपालिका सहित १८ स्थानीय तह रहेका रौतहटमा मतदानका दिन भएका मतपेटिका तोडफोड, लुटपाट, आगजनी, लगायतका उच्श्रृंख्ल गतिविधिका कारण रद्द भएका ६ स्थानीय तहका मतदान पुन ः हुने भएको हो ।
रौतहटको गरुडा नगरपालिकाको १, गढीमाई नगरपालिकाको ४, देवाही गोनाही नगरपालिकाको २, फतुवा विजयपुरका ४, बौधीमाई नगरपालिकाको ८ र यमुनामाई गाउँपालिकाको ५ मतदान स्थलमा मतदन हुने जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्वर ७ फतुवा हर्षाहामा दुई पक्ष विच भएको विवाद उग्र रुप लिदा प्रहरीले ५ राउण्ड हवाई फायर समेत गरेका थिए । त्यस्तै यमुना माई गाउँपालिका २ भेडियाही मावि मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेका थिए । यस्तै यमुनामई गापा १ चिकना जेठरहिया मावी मतदान केन्द्रमा मतपेटिकामा पानी खन्याइएका थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै