रामनगरको प्रमुखमा माओवादीका राजाबाबु निर्वाचित

   २ जेष्ठ २०७९, सोमबार १९:३९  

सर्लाही, २ जेठ । मधेश प्रदेशमै सबैभन्दा कम उमेरका युवक स्थानीय तहको निर्वाचनमा विजयी भएका छन् ।
सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादीका उम्मेदवार राजाबाबु यादवले आफनो प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार नातामा पर्ने काका हरिनन्दन प्रसाद यादवलाई १६९० मतको फराकिलो मतान्तरबाट पराजित गर्दै कम उमेरका गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
राजाबाबुले ४०८१ मत प्राप्त गरे भने निजका प्रतिद्धन्दी हरिनन्दन यादवले २३९२ मत मात्रै पाउन सके ।
राजाबाबु यादव चर्चित नेता शिवपुजन यादवको कान्छो छोरा हो, शिवपुजन विरुद्ध विभिन्न मुद्दाहरु चलिरहदा उम्मेदवार बन्न नसक्ने भएपछि काठमाडौंबाट बिबिएस उतिर्ण गरेका कान्छो छोरालाई चुनावी मैदानमा उतारेर फराकिलो अन्तरबाट निर्वाचित गराएका छन् ।
शिवपुजन यादव संग सोध्दा परिवारवादको राजनिति किन भन्ने प्रश्नको जवाफमा उनले भने जनता मलाई विश्वास र भरोसा गरेको हुँदा जनताको भरोसा, विश्वास र इच्छा माथि खरो उत्रिन कान्छो छोरालाई राजनीतिमा उतार्नु परेको बताए । जेठो छोरा अलि राजनीति गर्न नजान्ने भएको हुँदा कान्छोलाई नै ल्याएको तर जनताको अपार मयाँ स्नेहका कारण उनी अहिले कम उमेरमा गाउँपालिका अध्यक्ष बन्न सफल भएकोमा खुशी व्यक्ति गरे ।
राजनीति गर्ने खान्दानको युवक भएको हुँदा उसले सवै कुरामा निपुर्ण नहुन सक्ला तर त्यसलाई बैक सपोर्ट आफूले जति सक्यो त्यती गर्ने शिवपुजनले बताए ।
रामनगर गाउँपालिमा नेकपा माओवादीको अध्यक्ष सहित उपाध्यक्षमा पनि गिता देवीले विजय प्राप्त गरेकी छिन् । रामनगरका जनताको आशा र विश्वास माथि खरो उत्रिने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको हुँदा नयाँ पुस्ताले इमान्दारीका साथ पुरा गर्ने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै