दुर्गा भगवती गाउँपालिकाको किला शम्भु र शिलाले फत्ते गरे

   ३ जेष्ठ २०७९, मंगलवार १८:२२  

दुर्गा भगवती (रौतहट), ३ जेठ । रौतहटको दुर्गा भगवती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भु सिंह विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रको टिकटबाट दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका ४४ बर्षिय सिंहले ४२०४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार अरुणकुमार साहले २९८२ मत पाउन सके । सिंह संग साह १२२२ मतको फराकिलो अन्तरबाट पराजित भएका छन् ।


यसैगरी उपाध्यक्षमा नेकपा माओवादीको शिला देवीले २६७९ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित हुनु भएकी छिन् । निजको प्रतिद्धन्दी नेपाली काँग्रेसको मञ्जुदेवी झाले २३५७ मत मात्र पाउन सकिन । शिला देवी संग मञ्जु ३२२ मतको अन्तरबाट पराजित भएकी छिन् ।
रौतहट जिल्लामै नेकपा माओवादी दुर्गा भगवती गाउँपालिका जित्न सफल भएका छन् । नेपाली काँग्रेसको किल्ला भत्काएर माओवादीले परचम लहराउन ठूलो चुनौती पार गर्दै उक्त स्थानमा पुगेको छ । नेपाली काँगे्रसको निवर्तमान अध्यक्ष र उपाध्यक्षलाई हराएर विजयी हाँसिल गरेको छ ।
नेकपा माओवादीको लागि रौतहट जिल्लामा दुर्गा भगवती पहिलो र अन्तिम हुने संकेत देखा परेको छ । अन्य पालिका जित्ने कुनै संकेत नदेखिएपछि दुर्गा भगवतीले माओवादीको साखलाई जोगाएको स्थानीयहरुको कथन रहेको छ ।
५ वटा वडा भएको दुर्गा भगवतीमा ३ वटा वडा नेपाली काँग्रेस र २ वटामा माओवादीले विजयी हाँसिल गर्न सफल भएको छ । वडा नम्वर १, २ र ५ मा प्रदुम्न चौधरी, सुरेश चौधरी र धर्मनाथ चौधरी पुन ः दोश्रो कार्यकालको लागि निर्वाचित भएका छन् भने वडा नम्वर ३ मत्सरीको अध्यक्षमा दोश्रो कार्यकालको लागि माओवादीका धर्मेन्द्रकुमार झा र वडा नम्वर ५ मा पहिलो पटक रामानन्द प्रसाद यादव निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय दुर्गा भगवतीले जनाएको छ ।
निर्वाचन अधिकृत दिनेश रेग्मीका अनुसार रौतहटमै सवै भन्दा पहिला नतिजा दिनेमा दुर्गा भगवती अग्र पंक्तिमा आएको छ । अन्य पालिका भन्दा दुर्गा भगवतीमा निकै शान्तिपूर्ण रुपमा मतदान र मतगणना कार्य सम्पन्न गराउने कार्यमा साथ दिने दुर्गा भगवती गापाको बासिन्दाहरु सहित स्थानीय प्रहरी प्रशासन सवै प्रति रेग्मीले आभार व्यक्र गरे ।

तराई टपद्धारा बधाई तथा शुभकामना नयाँ जनप्रतिनिधिहरुलाई
गाउँ पालिका अध्यक्षमा निर्वाचित हुनु ठूलो कुरा भएपनि गाउँपालिको समग्र विकासमा सबै पक्ष, सबै पार्टी, सवै जनताहरुको राय सुझाव र सल्लाह लिएर अघि बढेमा अवश्य दुर्गा भगवतीको मुहार फेरिनेछ । जित भएमा नमात्तिनु र पराजय भएकोमा नआत्तिनु किन भने, जनताको मूल्याँकनमा शम्भु सिंंहलाई शतप्रतिशत नम्वर दिएको छ । चुनावी मैदानमा होमिदा एक जनाको जित हुन्छ बाकीको हार तर हारलाई हारको रुपमा नलिई जनताको आशिष सम्भेर शिरोधार्य गरी जनताको सेवामा लागेमा अवश्य पुन ः जनता जनार्दनले मुल्याँकन गर्ने भएको हुँदा हतोत्साह एवं मायुस नहुन सम्पूर्ण सबै संग तराई टपले आग्रह गर्दछ । आउदो ५ बर्षको लागि नव निर्वाचित भएका अध्यक्ष सहितका जनप्रतिनिधिहरुलाई सफल कार्यकालको कामना गर्दै बधाई तथा शुभकामना दिन चाहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै