रौतहटका राजदेवी नगरपालिकामा समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव विजयी

रौतहट, ४ जेठ । रौतहटका राजदेवी नगरपालिकामा समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव विजयी भएको छ ।
भिखारी यादवले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेद्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् । यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी अर्चना कुमारी यादव ३ हजार १४९ मत प्राप्त गरेकी छिन् ।