वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको दिन बिहानै नयाँ बानेश्वर स्थित संसद भवन अगाडि सिलिन्डर विष्फोटन गरेको चार जना पक्राउ

   ४ जेष्ठ २०७९, बुधबार १३:४६  

कामाडौं, ४ जेठ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको दिन बिहानै नयाँ बानेश्वर स्थित संसद भवन अगाडि सिलिन्डर विष्फोटन गराएको अभियोजनामा चार जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले चुनावका बेला आतंक गर्ने उद्येश्यले बिहान अन्दाजी २ सिलिन्डर ग्याँसमा आगो लगाएर विष्फोट गराएका थिए । पहिल्यै विष्फोट हुन लागेको सूचना पाएपछि बानेश्वर बाट इन्स्पेक्टरको नेतृत्वमा टोली पचिालन भएको थियो । उनले भने प्रहरी पुग्नु केही मिनेट अगाडि विष्फोट गरिएको थियो । विष्फोटबाट दृष्टि आँखा केन्द्र रहेको भवन र एक कन्सल्ट्यान्सी रहेको घरको सिसा फुटेको थियो । पक्राउ परेका नेपाली कम्युनिस्ट पार्टी
(सिवादी) नामक समूह सदस्य बताउने गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरतकुमार राई छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै