अवैध रुपमा हुकिंग गरेर विद्युत प्रयोग गर्ने पाँच जना पक्राउ

517 Shares

विकास अग्रवाल
रौतहट, १४ माघ । विद्युत चुहावट नियन्त्रण गर्न खटिएको टोलीले बुधवार विभिन्न नगरपालिकाबाट पाँच जनाव्यक्ति सहित लाखौको समानहरु बरामद गरेको ।
नेपाल विद्युत प्राधिकरण गौरबाट सुरक्षाकर्मी सहित निस्केको प्राधिकरणको टोलीले विभिन्न नगरपालिकाहरुमा छड्के चेकजाँच गर्दे विद्युत चुहावट गर्दे पाएकोमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्राधिकरणको टोलीले राजपुरबाट दुई, परोहाबाट एक तथा इशनाथ नगरपालिकाबाट दुई जना गरी पाँच लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बिजुलीको पोलबाट सोझै हुकिग गरी घरमा बत्ती बालेर इलेक्टिक समान प्रयोग गरेको रंगे हात पक्राउ गरेको जनाएको छ ।
अवैध रुपमा बिजुली प्रयोग गरी घरमा प्रयोग गर्दे आएको फ्रिज, पानी तान्ने मोटर, डिश होम, पँखा लगायतका समानहरु आवश्यक कारबाहीको लागि राखिएको नेपाल विद्युत प्राधिकरणका प्रमुख माधव प्रसाद यादवले जानकारी दिए ।

सम्बन्धित समाचार