265
Shares
स्वीडेन र फिनल्याण्डलाई नाटोको सदस्य देशमा कुनै पनि हालतमा सामेल हुन नदिने अभिव्यक्ति टर्कीको राष्ट्रपतिले दिएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले कुर्दिश लडाकुहरू विरुद्धको अडानका कारण स्विडेन र फिनल्याण्डलाई नेटोमा सामेल हुन नदिने बताएको हो । “यी दुई देशहरूमा आतंकवाद विरुद्ध स्पष्ट अडान छैन,” एर्डोगानले भने ।
“स्विडेन आतंकवादी संगठनहरूको गुँड हो,” उनले टर्की विरुद्ध प्रतिबन्ध लगाउने देशलाई नाटो मा सामेल हुनबाट रोक्ने पनि बताए ।