तिब्बतका लागि अमेरिकी विशेष संयोजक भारत र नेपाल भ्रमणमा

   ४ जेष्ठ २०७९, बुधबार १४:४५  

नयाँ दिल्ली । तिब्बती मुद्दाका विषय सहित त्यहाँ मानव अधिकारको हनन सम्बन्धी रिपोर्ट तयार पार्न तथा रेखदेख गर्न अमेरिकाले न्यूक्त गरेको तिब्बतका विशेष संयोजक अहिले भारत र नेपालको भ्ररणमा रहेका छन् ।
तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया “मानव अधिकार र प्रजातान्त्रिक शासन लक्ष्यहरूमा सहयोग गहिरो बनाउन र मानवीय प्राथमिकताहरूलाई अगाडि बढाउन” का लागि भारत आइपुगे । “नमस्ते नयाँ दिल्लीमा फर्केर राम्रो लाग्यो,” जेयाले ट्वीट गरे । भ्रमणका क्रममा उनले नेपाल सरकार सँग पनि सोही विषयमा छलफल गर्न नेपाल आउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै