नवीन श्रीवास्तव नेपालका लागि भारतीय राजदूतमा नियुक्त

नयाँ दिल्ली । भारत सरकारले नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ ।
भारतीय सरकारले नेपालमा क्वात्राको स्थानमा रिक्त रहेका राजदूतमा श्रीवास्तवलाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको हो ।
परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा कार्यरत श्रीवास्तवले छिट्टै जिम्मेवारी सम्हाल्ने बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको लुम्बिनी भ्रमण गरेको भोलिपल्ट मन्त्रालयले उनको नियुक्ति घोषणा गरेको हो ।