कर्मचारीलाई तलव खुवाउन श्रीलंकाले राष्ट्रिय एयरलाइन्स बेच्ने योजनामा

कोलम्बो । श्रीलंकाको नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको सबैभन्दा खराब आर्थिक संकटको बीचमा तलब तिर्नका लागि पैसा छाप्न बाध्य भएको बताए ।
घाटा कम गर्न र देशको आर्थिक स्थिरताका लागि सरकारले राष्ट्रिय एयरलाइन्स बेच्ने योजना पनि बनाएको हो । मार्च २०२१ को अन्त्यमा श्रीलंका एयरलाइन्सले १२ करोड ४० लाख डलर गुमायो । अहिले श्रीलंका गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । चिनियाँ ऋणको चपेटामा परेर अहिले उक्त अवस्थामा गुज्रिनु परेका छन् ।