गुजरातमा अन्तरिक्षबाट खसेका धातुका चिनियाँ रकेटबाट हुन सक्ने विज्ञहरूको आशंका

अहमदावाद । गुजरातको आनन्द जिल्लाको विभिन्न स्थानहरुमा रहस्मय धातुहरुको गोला भेटिएको छ ।
गुजरातको आनन्द जिल्लाका विभिन्न स्थानहरूमा अन्तरिक्षबाट खसेका रहस्यमय धातुका बल जस्तै देखिने गोलाहरु सम्बन्धमा केही विज्ञहरूले ती चिनियाँ रकेट वा अन्तरिक्ष प्रक्षेपण सवारी साधनहरूको इन्धन भण्डारण ट्याङ्कीको भग्नावशेष हुनसक्ने बताए । अमेरिकामा आधारित खगोलविद् जोनाथन म्याकडोवेलले भनेका छन् कि धातु गोलाहरू चिनियाँ रकेट चाङ झेंग ३ वि (सिजेड ३ बि) को भग्नावशेष हुन सक्ने आशंका गरेका छन् ।