हरिपुर्वा नगरपालिकामा मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी
हरिपूर्वा, ४ जेठ ४ । सर्लाही नगरपालिकाको प्रमुख र उप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा विनोद कुमार साह तेली ५ हजार ९९ मत सहित विजयी भएको हुन् । निकटतम प्रतिद्वन्द्धी जनता समाजवादी पार्टी नेपालका योगनारायण रायले ३ हजार ४९५ मत मात्रै प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा ४ हजार ३९१ मत ल्याएर सुमित्रा देवी ग्वारनी निर्वाचित भएकी छिन् । निकटतम् प्रतिद्वन्द्धी जसपाकी सुनिता देवी यादवले ३ हजार ४०० मत मात्र प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख मात्र जीतेको कांग्रेसले यो पटक ३ वटा वडामा वडाअध्यक्ष समेत जीतेको छ ।