मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

   ४ जेष्ठ २०७९, बुधबार १५:४८  

सर्लाही,४ जेठ । मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छ ।
नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा ४ हजार ६३९ बढी मत ल्याएर कांग्रेसका नागेन्द्र प्रसाद यादव निर्वाचित भएका हुन् । यादवले ९ हजार ७८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का निरसल साहले ४ हजार ६३९ मत मात्रै ल्याएका छन् । नगरप्रमुखमा पराजित साहले यो पटक कांग्रेसबाट टिकट नपाए पछि जसपामा प्रवेश गरेर टिकट लिएका थिए । उपप्रमुखमा कांग्रेसकी शकुन्तला देवी साह निकटतम प्रतिस्पर्धी भन्दा ४ मत मात्रै बढी ल्याएर विजयी भइन् । साहले ५ हजार १४३ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा ) की पानो देवीले ५ हजार १३९ मत पाइन् भएका छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै