गौर नगरपालिकाको मेयरमा शम्भु साहले बाजी मार्यो

379 Shares

रौतहट, ४ वैशाख । गौर नगरपालिकाको मेयर उपमेयर सहित ६ वटा वडाध्यक्ष सहितका पदाधिकारीहरुमा नेकपा एसले विजयी भएका छन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगर रहेका गौरमा मेयरका उम्मेदवार शम्भु साहले ६३८१ मत प्राप्त गरेर विजयी भएका हुन् । साहका प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजयकुमार गुप्ताले ३७५५ मात्रै मत पाउन सके । नेकपा एसका साहले २६२६ मतको फराकिलो अन्तरबाट गुप्तालाई पराजित गर्दै गौर नगरपालिकाको पाँचौ मेयर बन्न सफल भएका छन् ।
उपमेयरमा नेकपा एसकै शैलकुमारी देवीले ४८०९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनले आफना निकटतम प्रतिद्धन्दी शाहजाहा खातुनलाई ११२४ मतको अन्तरबाट हराउदै उपमेयर बेनेकी छिन् । यस्तै नेकपा एसले वडा नम्वर १, २, ३, ४, ६, ९ नम्वर वडा पुरै प्यानल साथ जित हासिल गरेको छ भने वडा नम्वर ५ मा एसकै वागी उम्मेदवारको पक्षमा गएको छ । वडा नम्वर ७ मा लोसपा र वडा नम्वर ८ मा नेपाली काँग्रेसको उम्मेदवारले जित्न सफल भएको छ ।
काम नगर्नेलाई कारवाही भोग्नुपर्ने नवनिर्वाचित मेयर शम्भु साहको प्रतिक्रिया
मेयरमा जित हाँसिल गरेपछि पहिलो प्रतिक्रिया दिदै शम्भु साहले विकास निर्माणको कार्यलाई पहिलो प्राथमिकता दिर्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार ल्याउनुका साथै पछिल्लो समयमा विकास निर्माणको नाममा उपभोक्ता समिति गठन गरी रकम पनि निकासा लिएर काम नगरेकाहरुले अविलम्ब काम सुचारु गरेर इमान्दारीका साथ पुरा गर्नु पर्ने अन्यथा कारवाही भोग्न तयार रहन समेत उनले चेतावनी दिए ।
गौर नगरलाई पूर्ण शिक्षित, विकसित, पर्यटनले भरिएको नगरको रुपमा विस्तार गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार