स्मार्ट च्वाईस टेक्नोलोजिज र सेलपे बीच स्मार्ट क्यूआर भुक्तानीको लागि सम्झौता

   ४ जेष्ठ २०७९, बुधबार १९:२०  

काठमाडौं, ४ जेठ । स्मार्ट च्वाईस टेक्नोलोजिज र सेलपे बीच स्मार्ट क्यूआर भुक्तानी सेवाको लागि सम्झौता भएका छन् ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको लागि अनुमती लिएर स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटि) तथा सेलकम प्राली (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागि सम्झौता भएका हुन् । स्मार्ट च्वाईस टेक्नोलोजिजको गौरीधारा स्थत केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमको चीच स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत श्रीनारायण प्रकाश भुजु र सेलपेका प्रमुख कार्यकारी अधिकृत सार्थक क्षेत्री विच उक्त सेवा संचालनको लागि सम्झौत पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
सम्झौता अनुसार सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने सेलपे मार्फत बिभिन्न ब्यापार—ब्यबसायमा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने बताइएको छ ।
बिगत २० वर्षदेखि कार्ड लगायत भुक्क्तानी सम्बन्धी बिभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय सेलपे वीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।
सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्क को रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंक अन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो । एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पिएसपि (पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउदै आएको छ । एससिटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेस्नल,पल्स नेटवर्क, र एफएसएस ) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको प्रेषित विज्ञप्तमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै