रौतहटमा ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक

   ४ जेष्ठ २०७९, बुधबार १९:२९  

रौतहट, ४ जेठ । रौतहटको १८ स्थानीय तह मध्ये ४ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
गौर नगरपालिकाको मेयरमा नेकपा एसका शम्भु साह, उपमेयरमा शैलकुमारी देवी, राजदेवी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एसका भिखारी राय यादव र राजकुमारी देवी, परोहा नगरपालिकाको मेयर उपमेयरमा नेपाली काँग्रेसको शेख वकिल र सुगान्धी देवी, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शम्भु सिंह र शिला देवी निर्वाचित भइसकेका हुन् ।
यस्ते जारी रहेको मतगणनाको परिणाम अनुसार चन्द्रपुर र कटहरिया नगरपालिकामा नेपाली काँग्रेसको विजयी सुनिश्चित हुने देखिन्छ । इशनाथमा लोसपाले धेरै मतले अग्रता बनाएको छ भने मौलापुर नगरपालिकामा नेकपा एमालेले करिव २ हजारको अन्तरले अग्र स्थानमा रहेको बुझिएको छ ।
वृन्दावनमा नेकपा एसले अग्रता बनाएको छ भने माधवनारायण नगरपालिकामा लोसपाको अग्रता लिएका छन् । गुजरामा जसपाले अग्रता बनाएको छ ।
यसैगरी गढीमाई, बौधीमाई, फतुवा विजयपुर, देवाही गोनाही, गरुडा नगरपालिका र यमुना माई गाउँपालिका गरी २४ मतदान केन्द्रमा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै