आइएमई डिजिटल सोलुसनद्धारा प्रवद्र्धित आइएमई पे बाट हवाई टिकट बुक गराएमा भाग्यशाली यात्रुले सुनको सिक्का जित्ने योजना सार्वजनिक गरिएको छ ।
आईएमर्ए ग्रुपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडको प्रवद्र्धित आइएमई पे को माध्यमबाट हवाई टिकटको खरिदमा हरेक १५ दिनमा दुई जना भाग्यशाली यात्रुहरुलाई सुनको सिक्का जित्न सक्ने योजना संचालनमा लगाइएको हो । आईएमई पे मोवाइल वालेट एपबाट हवाई टिक बुक गर्ने यात्रहरुलाई यसका अतिरिक्त योजना अवधिरी हरेक दिन आईएमई पे एपबाट टिकट काट्दा दैनिक १ भाग्यशाली विजेतालाई दुई वटा चन्द्रागिरी केवलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली विजेतालाई एउटा चाँदीको सिक्का जित्न अफर सुरु गरिएका छन् ।
हवाई सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उडानलाई नै रुचाउने गर्दछन् । यात्रुहरुको सहजताको लागि आइएमई पे एप जस्ता मोबाईल वालेट एपको माध्यमबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्ने र अझ बढी यात्रुहरुलाई हवाई यात्राको लागि उत्साही बनाउने उद्देश्यबाट यस्ता योजना यात्रुहरुको निमित्त ल्याइएको छ ।
योजना संचालन गर्नमा कम्पनीले केहि निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक दिन १ भाग्यशाली बिजेताले चन्द्रागिरी केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछ । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक हप्ता ५ भाग्यशाली बिजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछ । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक १५ दिनमा १ भाग्यशाली बिजेताले १ सुनको सिक्का बम्पर उपहार प्राप्त गर्ने छन् ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो नेपाली कम्पनी हो ।
आइएमई पे मोबाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुबिधा सुविधा दिएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन