चीनको डबल गेम, ऋणको प्रलोभनमा पारेर कंगाल बनाउने चाल, संसारमा महगो चिनियाँ ऋण

225 Shares

माडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको चिनियाँ ऋण वैदेशिक सहायता संसारमै महँगो रहेको पाइएको छ । सो ऋणको ब्याजदर २ प्रतिशत रहेको छ ।

यो ऋणमा २५ वर्षे म्याचुरिटी अवधि र थप ७ वर्षे ग्रेस अवधि रहेको छ। म्यानेजमेन्ट फी र कमिटमेन्ट फीसमेत जोड्दा यसको ब्याज २.७५ प्रतिशत पुग्ने जानकारहरु बताउँछन् ।

चिनियाँ सामान र चिनियाँ ठेकेदार राख्नुपर्ने जस्ता अनेकन शर्तहरु यसमा छुट्टै थपिएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा अमेरिकी कानून भनेजस्तै यसमा चिनियाँ कानून लागू हुने नै प्रावधान छ। केवल संसदबाट अनुमोदनको नाटक मंचन आवश्यक छैन ।

नेपालको इतिहासमै अहिलेसम्म लिएको ऋणमध्ये चिनियाँ ऋण नै सबैभन्दा महङ्गो ऋण हो । अझ यो डलरमा लिएको ऋण हो ।

नेपालको मुद्रास्फिर्तीको दरसँग समायोजन गर्दा यो ऋणको ब्याजदर अहिले नै लगभग १४ प्रतिशत हुन्छ र २० वर्षपछि लगभग ३०० प्रतिशत हुने विज्ञहरु बताउँछन् । मतलब ऋणभारमै डुबेर देश बेच्नु पर्ने अवस्था आउन सक्ने हुन्छ ।

यो ऋण नभइ ऋणको पासो हो र क्यासिनोमा चल्ने मिटरब्याजको भन्दा चर्को रहेको आरोप चीनमाथि लाग्न थालेको छ।

चीनले यस्तै महङ्गो ब्याजको ऋण दिएर बनाएको श्रीलंकाको बन्दरगाह चर्को ब्याज तिर्न नसकेपछि ९९ वर्षका लागि आफैंले लिजमा लिएको छ ।

त्यस्तै युगान्डाको एअरपोर्ट अनि घानाको मुख्य पोर्ट पनि ब्याजको सट्टामा चीनले नै लिजमा लिएर चलाइरहेको छ । यी र यस्ता अनेकन उदाहरणहरु चीनलाई बिस्तारबादको बाटो उन्मुख गराउन सजिलो बनाउने जानकारहरु बताउछन ।

चीनसँग पोखरा र भैरहवा एअरपोर्ट लगायतमा यस्तै चर्को ब्याजमा सबैभन्दा बढी ऋण लिइएको छ। र नेपाल यसरी नै ऋणजाल को पासोमा पर्दै जाने कुरामा आम चिंतन बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार