zoom download speed requirements download zoom registration list download zoom recordings from link how do you download zoom on a computer zoom wallpaper app

लाल बकैया नदीको वैरिया घाटमा पक्कि पुलको निर्माण युद्धस्तरमा, प्रजिअ इन्द्रदेव यादवद्धारा अनुगमन

   १५ माघ २०७७, बिहीबार १७:५८  

रौतहट, १५ माघ । गौर र राजपुर नगरपालिकालाई जोड्न लाल बकैया नदीमा निर्माणाधिन पक्कि पुल युद्ध स्तरमा निर्माण भईरहेको छ ।
सडक डिभिजन कार्यालयको पुल डिभिजन शाखाबाट २०७५ साल असार महिनामा टेण्डर आहवान गर्दा अनक, पप्पु र रोशन जेभीले ११ मिटर चौडाई तथा २०२ मिटर लम्बाई पुलको २६ करोडमा ठेक्का सकार गरेर निर्माण कार्य सुरु गरी २०७८ असार मसान्त सम्म पुलको निर्माण कार्य सम्पन्न गर्न सम्झौता भएको थियो । पप्पु कन्ट्रक्सन कालो सुचीमा परेपछि उनकै कारण डेढ बर्ष निर्माण कार्य गर्नमा ढिलाई भएपछि दोश्रो पक्ष अनक कन्ट्रक्सनबाट पुल बनाउन कार्य सुरु गरिएपनि कारोनाको कालमा मुलुकभरी भएको लकडाउनको कारण निर्माण कार्यमा निकै बाधा पुगेको अनक कन्ट्रक्सनले जनाएको हो ।
गौर नपाको वडा नम्वर ६ सपगढा र राजपुर नगरपालिकाको वैरिया गाउँको विचमा पर्ने लाल बकैया नदीमा पुल नहुँदा बर्षा याममा वारिपारी गर्न सर्वसधारण जनताहरुलाई लामो बाटो फतुवा भएर सदरमुकाम गौर जानुपर्ने बाध्यता रहदा स्थानीय बासिनदाहरु पटक पटक सम्बन्धित निकायमा पुल बनाउनुपर्ने पहल गरेपछि नेपाल सरकारबाट उक्त स्थानमा पुल बनाउन स्वीकृत गरेपछि पुलको निर्माण भईरहेको स्थानीय समाजसेवी वकार अलीले बताए ।
अनक कन्ट्रक्सनले काम सुरु गर्दा विभिन्न समस्याहरु उत्पन्न भएपनि स्थानीय प्रशासनको सकारात्मक प्रयासको कारण निर्माण कार्य यद्ध स्तरमा भईरहेको निर्माणाधिन पुलको साइट इन्जिनियर सुनिल चौधरीले जानकारी दिए । साइट अफिस बनाउन, निर्माण सामग्रीहरु ढुवानी गर्न लगायतको अति आवश्यक सामानहरुको जोहो गर्न समय लागेको हुँदा निर्धारित समयमा काम सम्पन्न हुन गाह्रो हुने उनले स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाको वागमती र लाल बकैया नदीको विभिन्न स्थानहरुमा निर्माण भईरहेका पुलहरुको नियमति रुपमा अनुगमन निरीक्षण नुहँदा कतिपय स्थानमा पुलहरु अलपत्र अस्थामा रहेको बताउदै सपगढा र वैरियाको विचमा निर्माण भईरहेको पुलको अवस्था सन्तोषजनक रहेको जानकारी दिए । विभिन्न कारणवस ढिलाई भएपनि बैरियाघाटको पुल चाँडै निर्माण सम्पन्न भई उक्त पुल भएर ओहरदोहर गर्नेहरुलाई निकै सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै