कतै नेपाललाई श्रीलंका बनाउने चाल त होइन ? चिनियाँ ऋणको बोझ

248 Shares

गरिव देशहरुलाई प्रलोभनमा पारेर चिनियाँ कुटनीतिक चालमा फसाएर ऋणको भारी मुनी पारी चंगुलमा पार्ने चिनियाँ खेलमा नेपाल पनि पर्दै गएको एक रिपोर्टबाट पुष्टि भएको देखिन्छ ।
त्यसको उदाहरण स्वरुप चीन सरकारको ऋण सहयोगमा निर्माण गरिएका भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल र पोखरा विमान स्थल चीनिया ऋण वैदेशिक सहायताको सन्सारमै महङ्गो रहेको बाट माथिको तथ्यलाई पुष्टि गरेको हो ।
उक्त विमान स्थल निर्माणमा लिएको चीनिया ऋणको ब्याजदर २% रहेको छ । ऋण तिर्न २५ बर्ष अबधी राखी सर्त गरिएको उक्त ऋणमा म्यानेजमेन्ट फि र कमिन्टमेन्ट फि समेत जोड्दा यस्को ब्याज २.७५% पुग्ने देखिन्छ।विमान स्थलले १ बर्षमा गरेको आम्दानी भन्दा दोब्बर रकम त चीनिया ऋणको ब्याज मात्र तिर्नु पर्ने देखिन्छ । चीनिया ऋणको ब्याज यति महङ्गो छ कि नेपालको कुल ग्राहस्थ उत्पादनले हालै निर्माण भएका दुई विमान स्थलको ब्याज रकम तिर्न समेत मुस्किल पर्ने देखिन्छ ।
चिनले निर्माण गर्ने परियोजनामा चीनिया सामान र चीनिया ठेकेदार राख्ने जस्ता अनेक सर्तहरुले गर्दा पनि नेपालमा निर्माण हुने चीनिया परियोजना हरुको लागत महङ्गो भएर गैरहेको छ । यस्को असर तत्काल नदेखिए पनि कालान्तरमा यस्ले आर्थिक संकट ब्यहोर्नु पर्ने छ।नेपालको इतिहासमै अहिले सम्म लिएको ऋण मध्ये चीनिया ऋण नै सबै भन्दा महँगो ऋण हो अझ यो डलरमा लिएको ऋण हो।नेपालको मूल्य स्फ्रिति को दर सङ्ग समायोजन गर्दा यो ऋणको ब्याजदर अहिले नै १४% हुन्छ २५ बर्ष पछि त लगभग ३०० प्रतिशत पुग्ने अर्थ बिज्ञहरु बताउँछन् यो ऋण मात्र नभइ ऋणको पासो भएको आरोप चिनमाथी लाग्न थालेको छ ।
चिनले यसरी नै निर्माण गरेका श्रीलंकाको बन्दरगाहा र युगाण्डाको एयरपोर्ट चर्को ब्याजले ऋण तिर्न नसके पछि आफ्नो स्वामित्वमा आउने गरि कब्जा गरिसकेको छ । त्यही अनुपातमा नै पोखरा र भैरहवा बिमानस्थल निर्माणमा चिनले लगानी गरेको छ । वि.आर.आइ परियोजना अन्तर्गत नै निर्माण हुने यस्ता परियोजनाको मुख्य समस्या भनेको चीनिया ऋण लिने देशले दीर्घकालीन रुपमा ऋणको भार बोक्नु पर्ने देखिन्छ । विशेष गरेर दक्षिण पुर्ब एसिया र सब–साहारा अपिÞm्रकि विकासिल र अबिकसित देशहरु नै यस प्रकारको ऋणको मारमा परिरहेका छन । नेपालमा निर्माण भएका यी दुई विमान स्थल पछि आएर चीनिया ऋणको पासोमा पर्ने हो कि भनेर चिन्ता बढेर गएको छ ।
नेपाल सरकारले चिनीया एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैक मार्फत लिएको ऋण महङ्गो ब्याजदर चीनिया कम्पनी मात्र प्रतिस्पर्धामा सहभागी हुन पाउने सर्त, कब्जा तिर्न नसकेमा हुने खतरा र तुलनात्मक रुपमा महङ्गो भएको कारण विमानस्थलको निर्माणमा बिबाद र चासो बढेर गएको छ । सामान्य तया विश्व बैक तथा एसियाली विकास बैकहरुले समेत ०.५ प्रतिशत को हाराहारिमा मात्र ब्याज लिने गरेकोमा चिनले भने २ प्रतिशत ब्याज लिएकोमा विमानस्थल निर्माणमा लिएको चीनिया कर्जा तिर्न नसके के हुन्छ भन्ने चासो वढेर गएको छ ।
विमानस्थल निर्माण भइसके पछि पनि अन्तर्राष्ट्रिय जहाजहरु आउन सकेन वा मानेनन भने त्यो भन्दा ठूलो नोक्सानी अरु केही हुदैन, विमान आउने पक्का पक्की नहुदै निर्माण गरेकोले चीनिया ऋण कसरी चुक्ता गर्ने भन्ने समस्या रहेको छ । चीनिया ऋणलाई सन्सारकै महँगो ऋण मानिन्छ । बिश्वका कयौ मुलुकहरुले महँगो ऋणमा निर्माण गरेका परियोजना हरु ऋण तिर्न नसके पछि चीन सरकारलाई नै जिम्मा लगाउदै आइरहेका छन साथै उनिहरुले चरम आर्थिक संकटको पनि सामना गरिरहनु परेको छ । नेपाल सरकार र चीन सरकार बिच भएको परियोजना निर्माण सम्बन्धि सम्झौता पनि सार्बजनिक नहुदा नेपाली जनता चिनियाँ ऋण प्रती अझ बढी शसन्कित भएका छन ।

सम्बन्धित समाचार