पाकिस्तानको दमनकारी नितिको विरुद्ध बलुचहरुले बलिदानी दिइरहेको बलुच महिलाको पिडा

   ५ जेष्ठ २०७९, बिहीबार १७:५९  

कराँची । आत्मघाती हमलाबाट विश्वविद्यालय जस्ता शैक्षिक संस्थालाई नछाड्ने पाकिस्तानी आतंकवादीहरुको नीति संग पाकिस्तानको नीति मिल्दो जुल्दो भएको घटनाबाट बलुच नागरिकहरु निकै दुखि छन् ।
हालै एक ३० वर्षीया बलोच महिला शिक्षिकाले कराँची विश्वविद्यालयमा आफूलाई विष्फोटमा घाइते बनाएर तीन चिनियाँ सहित चार जनाको हत्या गरेको घटनाबाट दुःखी हुँदै यसलाई बलुचिस्तान प्रान्तमा पाकिस्तानको दमनकारी नीति र नरसंहारको नतिजा भनेकी छिन् ।
दुई वर्षअघि बलोच लिबरेसन आर्मी (बीएलए) मा सामेल भएका शारी बलोचले ‘आत्म बलिदान मिशन’ को लागि आफूलाई स्वयम्सेवी बनाएकी हुन् । बलोच नरसंहार, पाकिस्तानद्वारा बलुचिस्तानको कब्जा र यस क्षेत्रमा चीनको बढ्दो लगानी र हस्तक्षेपको बदला लिन चिनियाँहरूलाई लक्षित गरिनु पर्ने यिनले बताएकी हुन् ।
क्यानडामा रहेको विश्व बलूच महिला फोरमका अध्यक्ष प्रो नाएला क्वाद्री बलोचले “यदि दुई सुन्दर बच्चाकी आमा, जो धेरै सभ्य र राम्रो शिक्षित परिवारमा छन्, शरी बलोचले आत्मत्यागी बन्ने निर्णय गर्न सक्छिन् भने, बलुच जनता के गुज्रिरहेका छन् र यसको लागि को जिम्मेवार छ” भन्ने कुरा विश्वले बुझ्न सक्छ भनेकी छिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै