चन्द्रपुर (रौतहट), ५ जेठ । चन्द्रपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसको उम्मेदवारले बाजी मारेको छ ।
नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका संजयकुमार काफ्लेको पक्षमा ९१६३ मत प्राप्त भएर विजयी हुनु भएको हो । काफ्लेको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शिवप्रसाद आचार्यको पक्षमा ६५२४ मत मात्रै प्राप्त भएको हो । काफ्लेले एमालेका उम्मेदवार आचार्यलाई २६३९ मतको फराकिलो अन्तरले पराजित गर्दै चन्द्रपुर नगरपालिकाको मेयर बन्न सफल भएका छन् ।
यसैगरी उपमेयरमा नेका उम्मेदवार जयमाला चौधरीले ११३७८ मत प्राप्त गरेर उपमेयरमा निर्वाचित भएकी छिन् । जयमालाले आफनो निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार देवकी नेपाललाई ठूलो अन्तरले पराजित गरेकी हुन । पराजित उम्मेदवार देवकीले ७६४० मत प्राप्त गर्न सकिन । चन्द्रपुरको मेयरमा निर्वाचित काफ्ले यस अघि वडा नम्वर ५ को अध्यक्ष थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन