गठबन्धनको उम्मेदवारलाई पाखा लगाउदै रिनाकुमार साह निर्वाचित

   ५ जेष्ठ २०७९, बिहीबार १८:३७  

मौलापुर (रौतहट), ५ जेठ । मौलापुर नगरपालिकामा एमालेको दवदबा कायमै राख्दै मेयरमा दोश्रो कार्यकालको लागि रिनाकुमारी साह निर्वाचित भएकी छिन् ।
नेकपा एमालेको स्थायी समिति सदस्य रहेका प्रभु साहको श्रीमती रहेकी रिनाकुमारी २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी साह २०७९ को स्थानिय तहको निर्वाचनमा एमाले बाट बिजयी भएकी हुन् ।
काँग्रेस, जसपा र माओवादीको सहितको गठबन्धनका उम्मेदवार विरुद्ध निर्वाचनमा भाग लिएकी नेकपा एमालेकी महिला नेतृ रिनाले फरारकिलो मतान्तरका साथ विजय हासिल गरेकी छिन् । दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेकी साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गर्दै दोश्रो पटकको लागि मेयर पदमा निर्वाचित भएकी छिन् ।
निवर्तमान मेयर साहले ५ हजार ५५६ मत प्राप्त गरिन् भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार रामप्रवेश यादवले तीन हजार ६२ मत मात्रै हासिल गरे । मधेस प्रदेशको पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएपछि उनलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै