माओवादी केन्द्रको उम्मेदवारलाई परास्त गर्दै शेख वकिलले परोहा नपामा पुन ः परचम लहराए

439 Shares

परोहा (रौतहट), ५ जेठ । परोहा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार एवं लोकप्रिय नेता शेख वकिलले आफनो काविलियत साबित गर्दै दोश्रो कार्यकालको लागि मेयर पदमा निर्वाचित भएका छन् ।
२०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जनताहरुद्धारा परिवर्तनको विगुल फुके तर विकास गर्ने, जनतालाई माया गर्ने, जनता प्रति उत्तरदायी भएर काम गर्ने व्यक्तिलाई सम्मान दिदै पुन ः निर्वाचित गराएका हुन् ।
जसमध्ये परोहा नगरपालिकामा शेख वकिललाई पनि त्यहाँको जनताले पत्याएर निर्वाचित गराए । नेपाली काँग्रेसको होनहार एवं युवा नेता वकिलको पक्षमा ६८२३ मत प्राप्त भयो भने नेकपा माओवादी केन्द्रको उम्मेदवार अरुणप्रसाद जयसवालको पक्षमा ४५८६ मत मात्रै खस्यो ।
शेख वकिलले आफनो निकटतम प्रतिद्धन्दी जयसवाललाई फराकिलो अन्तरबाट पराजित गर्दै पुन ः दोश्रो कार्यकालको लागि मेयरमा निर्वाचित भए । यस्तै उप मेयरमा नेपाली काँग्रेसको सुगान्धी गिरीले ६१६५ मत प्राप्त गरेर निर्वाचित भएकी छिन । उनले आफना निकटतम प्रतिद्धन्दी माओवादीको विणाकुमारीलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी हुन् । विणकुमारीको पक्षमा जनताले ४३५५ मत मात्रै दिए । परोहाको ९ वडामा ५ मा नेपाली काँग्रेस, २ मा माओवादी, एकमा एमाले र एकमा नेकपा एसले विजयी हाँसिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार