नव निर्वाचित मेयर शम्भु साह विशाल विजय जुलुसको माध्यमबाट नगरवासीलाई धन्यवाद ज्ञापन गर्दै

   ५ जेष्ठ २०७९, बिहीबार १९:४१  

रौतहट, ५ जेठ । नेकपा एकिकृत समाजवादीको तर्फबाट गौर नगरपालिको पाँचो मेयरको रुपमा निर्वाचित भएका शम्भु साहले विशाल जुलुस निकाल्दै मतदाताहरुलाई अभिनन्दन गरेका छन् ।
विहिवार विहानै देखि लावा लस्करको साथै गौर नगरका मेयर साहले आफूलाई मेयरमा जिताउन अहोरात्री खट्ने र अमूल्य मत दिई यहाँ सम्म पुर्याएकोमा गौर नगरवासी प्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्न विशाल जुलुस प्रदर्शन गौरमा गरिएका थिए ।
मेयरमा नवनिर्वाचित साह उप–मेयर शैलकुमारी देवी सहित एकीकृत समाजबादी पार्टीबाट निर्वाचित नगरको ६ जना वडा अध्यक्ष र सदस्यहरुको टोलि सहित समर्थकहरु सहभागी रहेको जनताको घर दैलो पुगेर अभिनन्द गरे ।
नवनिर्वाचित साह संगै वडा न १ –बाट लालबाबू जयसवाल, २ –बाट बिनोद जयसवाल, ३– बाट अनसारुल हक, ४ –बाट सन्जय गिरी, ५–बाट अबधबिहारी साह र वडा नम्बर –९ बाट अर्जुन सिंहले सहभागी रहेका थिए ।
पूर्व मेयर तथा लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै नवनिर्वाचित साह नगर प्रमुखमा जित हासिल गरेको हो । आजको विशाल जुलुसमा सहभागी भएका सर्वसधारणको उपस्थिति हेर्दा वास्तवमा गौर नगरवासी परवर्तन खोजेको रहेको आभाष भए ।
गौरका नागरिक विकास हेर्न चाहन्छन्, नगरलाई समृद्धि, गुणस्तरिय शिक्षा, समुचित स्वास्थ्य उपचारको व्यवस्था चाहेको छ । परिवर्तनको संघारमा नव निर्वाचित मेयर साह कतिको खरो उत्रिन्छ आउदो समयले देखाउला अहिले त उनी जितको स्वादमा झुमिरहेका छन् र कार्यकर्ताहरु पनि उनको खुशीमा निकै साथ दिएको छ । साह २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा पराजित भए देखिनै गौर नगरवासीको समस्यालाई वेला वेलामा उठाउदै आएको कारण नै यसपाली जनताले पत्याई अपार मतको साथ उनलाई विजयी बनए ।
हुनत नयाँ मेयर सामु धेरै चुनौतीहरु रहेको छ, स्वास्थ्य, शिक्षा, नाला, सडक, राइस मिल्स, भौतिक पूर्वाधार, बाढीबाट छुटकारा दिलाउने लगायतको समस्याहरुलाई समाधान गर्न पूर्ण वचन दिएपछि उनलाई मेयरमा निर्वाचित गराएका छन् ।
मेयर शम्भु साहले आफ्नो पक्षमा अमूल्य मत दिने गौर नगरवासीलाई विशेष धन्यवाद दिदै आज देखि तपाईको हरेक सुखदुखमा सहभागी भई समाधानको प्रयास गर्ने छु । समृद्ध नगर, सुखी नगरको रुपमा विकसित गर्ने योजनामा तपाईहरुको साथ हुने अपेक्षा समेत उनले राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै