रौतहट, १५ माघ । ग्रामिण विकास केन्द्र (आरडिसी) ले जिल्ला प्रशासन कार्यालय रौतहटलाई २२५ थान आइसुलेशन किट हस्तान्तरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गौरमा आयोजित एक कार्यक्रममा आरडिसीको कार्यक्रम संयोजक विजय साह बानियाले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरिएको हो ।
जिल्लाको विभिन्न स्थानहरुमा कोभिडको मध्यनजर राख्दै पछिल्लो समयमा बनाइएको आइसुलेशन वार्डहरुमा भर्ना भएको विरामीहरुको लागि ग्लोब्स एक बक्स, मेडिकेटेड मास्क एक बक्स, शरिरको तापक्रम नप्न एक थान थर्मामिटर, हर्टविट जाँच्न मेशिन एक थान, टिसु पेपर एक बक्स, हैण्ड सेनेटाइजर एक थान सहित प्याक गरिएको आइसुलेशन किट २२५ थान प्रजिअ यादवलाई कार्यक्रम संयोजक वानिया र ममता झाले हस्तान्तरण गरेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला भित्र रहेको स्वास्थ्य कार्यालय तथा आइसुलेशनमा आवश्यक्ता परेको खण्डमा संख्यात्मक ढंगबाट उपलब्ध गराउने बताउदै आरडिसीले आइशुलेशन किट उपलब्ध गराएकोमा धन्यवाद दिए ।