361
Shares
वासिंग्टन । अमेरिकी राष्ट्रपति जो वाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विच चाँडै भेटवार्ता हुने भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वाड लिडर्स शिखर सम्मेलनका लागि जापानको भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएको हो ।
क्वाड शिखर सम्मेलन मे २४ मा टोकियोमा हुने तय भएको छ । बिडेनले टोकियोमा इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपिई) नामक आर्थिक पहल पनि सुरु गर्नेछन् ।