चक्रघट्टा गाँउपालिकाको जनता समाजवादी पार्टीबाट अध्यक्षमा कृष्ण कुमार यादव विजयी

   ६ जेष्ठ २०७९, शुक्रबार १३:१४  

जसपाका कृष्ण कुमार यादव अध्यक्षमा ५ हजार ९१५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजी साह तेलीले ३ हजार ५२१ मत ल्याएका छन् । गाँउपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका माओवादी केन्द्रका विक्रम यादवले २ हजार १४४ मत मात्रै ल्याएका छन् । अध्यक्षमा पराजित माओवादीका यादव पूर्वमन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का संघीय सांसद रामेश्वर राय यादवका छोरा हुन् । गाँउपालिकाको उपाध्यक्षमा पनि जसपाकै मिनादेवी रायले ५ हजार ८१५ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी विमल जयसवालले ३ हजार २०३ र माओवादी केन्द्रकी सजरा खातुनले १ हजार ८६९ मत मात्रै प्राप्त गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै