रौतहट, ६ जेठ । नवनिर्वाचित स्थानीय तहका प्रमुखलाई शुक्रवार गौर नगरपालिकाको सभा कक्षमा जिल्ला न्यायाधिशले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका गौर नगरपालिकाको प्रमुख शम्भु साह, राजदेवी नगरपालिकाको प्रमुख भिखारी राय यादव, परोहा नगरपालिकाको प्रमुख शेख वकिल, मौलापुर नगरपालिकाको प्रमुख रिनाकुमारी साह र दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भुकुमार सिंहलाई जिल्ला न्यायाधिश काजीबहादर राईले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।



जिल्ला मुख्य निर्वाचन अधिकृतको भुमिकामा समेत रहनु भएका न्यायाधिश राईले गौर नपाको सभा कक्षमा सपथग्रहण समारोहको आयोजना गरेर पाँच जना स्थानीय तहका प्रमुखलाई विधिद्धारा संचालित संविधानको पूर्ण पालना गर्न, कसै संग भेदभाव नगरी सामानपूर्वक कानुनले प्रत्याभुति गरेको अधिकार अनुसार जनताको सेवा गर्न सधै तत्पर रहने भन्दै सपथ खुवाए ।
गौर र राजदेवीमा नेकपा एकिकृत समाजवादी, परोहामा नेपाली काँग्रेस, मौलापुरमा नेकपा एमाले र दुर्गा भगवतीमा नेकपा माओवादी केन्द्रको तर्फबाट टिकट लिनेहरु विजयी भएकाहरुलाई आज एक समारोहका विच सपथ खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ । अन्य पालिकाको नतिजा आउन बाँकी रहेको हुँदा १३ पालिकाको प्रमुखलाई एक साथ सपथ खुवाने मुख्य जिल्ला निर्वाचन अधिकृत राईले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन