275
Shares
रौतहट, ६ जेठ । कटहरिया नगरपालिका वडा नं. ३ का नेपाली कांग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादव माथि कुटपिट गरेको आरोप छ ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी पराजित भएका उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी रिता देवी संग झगडा गरेका छन् । झौझगडा हुँदा उनीहरु माथि कुटपिट गरिएको आरोप छ । कृषनन्दन यादवको टाउकोमा चोट लागेको र उनकी पत्नीलाई पनि शरीरमा चोट लागेको बताइएको छ । निर्वमान वडा अध्यक्ष र कृषनन्दन बीच पुरानो रिसिइबीका कारण सामान्य झगडा भएको रौतहटका एसपी विनोद घिमिरेले बताए । घाइतेलाई प्रथामिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय कटहरियाले घटना बारे छानबिन भइरहेको जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन