422
Shares
रौतहट, ६ जेठ । गौर नगरपालिकाको पाँचौ नगर प्रमुखको पदमा निर्वाचित भएका शम्भु साह शुक्रवार विधिविधान एवं वैदिक मन्त्रोचारणका साथ पदभार ग्रहण गरेका छन् ।
सभाकक्षमा आयोजित सपथग्रहण समारोह पश्चाता नवनिर्वाचित नगरप्रमुख साह पूर्ण रुपमा वैदिक मन्त्रोचारणका साथ कार्यकक्षमा कुर्सीलाई ढोग्दै पद सम्हालेका हुन् । गौर नगरलाई युवा एवं समाजिक व्यक्तित्व विचारधाराले भरिएका नगर प्रमुख पाएको छ ।
आज देखि कार्यभार सम्हालेका नगरप्रमुख साहले नयाँ योजनाहरुलाई प्राथमिकताका साथ अघि बढाउने जुन नगरवासीको हितमा हुनेछ । नगरवासीको हित विपरित कुनै पनि कार्य नगर्ने प्रतिबद्धता गर्दै गौरको विकासमा हरदम समर्पित रहने बताए । पुराना योजनाहरु पुरा नगरी त्यसै छाडेकाहरुलाई अविलम्ब पुरा गर्न नत्र कारवाहीको डायरामा ल्याउने चेतावनी समेत उनले दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन