दुर्गा भगवतीको १७ वटै सामुदायिक विद्यालयमा १९ गते सम्म बन्द

रौतहट, १५ माघ । निरन्तर रुपमा चलिरहेको पश्चीमा वायुको प्रभावबाट रौतहट जिल्लामा अत्याधिक चिसो बढेको छ ।
सोही चिसोको कारण दुर्गा भगवती गाउँपालिकाले १५ गते देखि १९ गते सम्म सामुदायिक विद्यालयहरुमा अध्ययन अध्यापन बन्द गरिएको हो ।
निरन्तर चिसो र वागमती नदी तथा झाझ नदीको प्रभावबाट बातवरणको तापमानका निकैै गिरावट आउदा चिसोबाट कक्षा कोठामा विद्यार्थीहरुलाई राखेर अध्ययन अध्यापनमा समस्या आइरहदा आज देखि १९ गते सम्मको लागि पालिका भित्र रहेको १७ वटै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको भएपनि प्राशसनीक कार्य बन्द नहुने गाउपालिका अध्यक्ष अरुणकुमार साहले जानकारी दिए ।
अहिलेको अत्याधिक चिसोमा कक्षा कोठाभित्र बसेर अध्यापन गर्न अवस्था नरहेकोमा बालबालिकाहरुको पनि स्वास्थ्यमा प्रतिकुल असर नपर्नको निमित्त बर्षे विदामा कटौतीहरुने गरी आउदो सोमवार सम्मको लागि सामुदायिक बिद्यालयमा हुने अध्ययन अध्यापन बन्द गरेको स्पष्ट पार्नु भयो ।