515
Shares
कृष्णनगर, ६ जेठ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका दोस्रो पटक नगर प्रमुखमा रजत प्रताप शाह विजयी भएका छन् ।
पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा राप्रपाका उमेदवार दिपक रजौरीया लाई १४९६ मतान्तरले पछि पार्दै नगर प्रमुखमा पुन विजयी भएका हुन्
ि
अहिलेको स्थानीय चुनावमा हजार भन्दा बढी मतले विजयी भएका शाह जनता माझ लोकप्रिय नेता का रूपमा परिचित छन् । उनी सरल स्वभाव तथा सबैको सुख दुःख मा सहभागी हुदै नगर लाई विकासको बाटोमा अग्रसर गराउदै आएका छन् ।
त्यस्तै नगर उप प्रमुखमा नेपाली कांग्रेस की उप प्रमुख उमेदवार आरती चौधरी समेत विजयी भएकी छन् । नगर प्रमुख तथा उप प्रमुख पदमा विजयी भएका लाई सुभ चिंतक हरूले बधाई दिनेको ओइरो लागेको साथै विजय जुलुस सहित नगर परिक्रमा गरेका छन् ।