पहिलो दिनमै राजदेवी नगरको प्रमुख यादवले जनमुखी कार्यमा हस्ताक्षर गरे

   ६ जेष्ठ २०७९, शुक्रबार १५:१७  

रौतहट, ६ जेठ । राजदेवी नगरपालिकाको नव निर्वाचित नगरप्रमुख भिखारी राय यादवले पदभार सम्हालेको केही क्षणमै नगरवासीको हितमा निर्णय गरेको छ ।
निर्वाचनको समयमा नगरवासी संग गरेको पहिलो वाचालाई पुरा गर्दै नगरमा सुत्केरी महिला र विरामीहरुलाई अस्पताल सम्म पुर्याउन एम्बुलेन्सको खाँचो रहेको हुँदा शुक्रवार पदभार सम्हालेको केही क्षणमै पछि नगरपरिषदबाट अनुमोदन हुने गरी तत्काल एम्बुलेन्स खरिदको लागि टिप्पणी आदेशमा हस्ताक्षर गर्नु भएको हो ।
नगरप्रमुख यादवको पहिलो दिनमै जनचाहना अनुसारको निर्णयलाई नगरवासीले निकै सराहना गरेको छ । नगरप्रमुख यादवले यस कुर्सीमा बस्न आएको होइन, जनताको इच्छा आकाँक्षालाई नियम संग पुरा गरी राजदेवी नगरलाई सुखी एवं समृद्ध बनाउने कार्यमा सधै जनताको सेवक बनेर काम गर्ने छु उक्त कार्यमा नगरवासीहरु सधै साथ दिन विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै