दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा नवनिर्वाचित शम्भु कुमार सिंहद्धारा पदभार ग्रहण

299 Shares

दुर्गा भगवती (रौतहट), ६ जेठ । दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा नव निर्वाचित भएका शम्भुकमार सिंहद्धारा शुक्रवार पदभार ग्रहण गरेका छन् ।
२०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका सिंह सदरमुकाम गौरमा पद तथा गोपनियताको सपथ पछि गाउँपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्न पुगेका सिंहलाई पालिकाको प्रमुख कार्यकारी अधिकृत ओमप्रकाश यादवले स्वागत गर्दै गरे । पालिकाको कर्मचारीहरु सवै नयाँ अध्यक्षलाई फुल माला, खादा अविर लगाएर स्वागत गरेका छन् ।
आज देखि गाउँपालिका अध्यक्ष सिंहले पालिकाबासी प्रति निष्ठाबान रहेर काम गर्ने, कसैको मान सम्मानमा ठेस नपुर्याउने, पालिकालाई विकसित बनाउने र समृद्ध बनाउनमा सबैको साथ सवैको विकासको नारा दिदै अघि बढ्ने बताए ।
उपाध्यक्ष, वडाध्यक्ष सहित पालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई शनिवार सपथग्रहण गराउने समेत बताइएको छ ।

सम्बन्धित समाचार