आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंक बीच पार्टनर बैंकको सम्झौता

373 Shares

काठमाडौं, ६ जेठ । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंक बीच पार्टनर बैंक सम्झौता भएको छ ।
संघिय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सो सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । आईएमई पे को तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भटराई र सिसिबिएलको तर्फबाट प्रधान व्यावार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोवाइल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरेर बैंकको वित्तिय सुविधाहरु आइएमई पे एपमा प्रयोग गर्न सकिन्छ । हाल सम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरु संग यो सम्झौता गरेको आइएमई पे ले यस लिंक अपको धेरै फायदाहरु भएको जनाएका छन् । आईएमई पे मा बैंक लिंक गरे पछि उपभोक्ताहरु आफनो सुविधा अनुसार सेञ्चुरी कमसिंअल बैंकको खातामा आइएमई पे एपबाट निशुल्क पैसा पठाउन वा सार्न मिल्ने सुविधा दिएको छ ।
उपभोक्ताहरु सिधै आइएमई पे को पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने बैंक खाताको विवरण नचाहिने तथा आफनो सेञ्चुरी कमर्सिअल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष रुपमा हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाइएको छ ।
आइएमई पे के हो ?
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदान गर्ने पहिलो कम्पनी रुपमा रहेको छ ।
आइएमई पे मोबाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सेञ्चुरी कमर्सिअल बैंक

सन् २०११ मा स्थापना भएको सेञ्चुरी कमर्सिअल बैंक लिमिटेड नेपालमा सम्पूर्ण नागरिकहरुलाई नवीन सुचना तथा सञ्चार प्रविधीको माध्यमबाट सरल वित्तिय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । सेञ्चुरी कमर्सिअल बैंकले नेपाल भरी १३६ वटा शाखाहरू, १ सय १५ वटा एटिएम बुथहरू, २५ वटा शाखा रहित बैंकिङ र १० विस्तारित काउन्टरहरुको मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई आफ्नो सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार