दोश्रो कार्यकालको लागि निर्वाचित भएका परोहा नपाको प्रमुख शेख वकिल कार्यभार सम्हाले

   ६ जेष्ठ २०७९, शुक्रबार १८:०९  

परोहा (रौतहट), ६ जेठ । जनताहरुको अपार माया र स्नेहको कारण दोश्रो कार्यकालको लागि निर्वाचित हुनु भएका परोहा नगरपालिकाको प्रमुख शेख वकिल शुक्रवार देखि नगरपालिकाको कार्यभार सम्हालेका छन् ।


पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी भएका शेख वकिल पुन ः २०७९ वैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट दोश्रो कार्यकालको लागि जनताहरुले उनलाई अपार मतले विजयी बनाएर प्रमुख पदमा आसिन गराएका हुन् ।
आज गौरमा पद तथा गोपनियताको सपथ खाए लगतै लौकाहा स्थित नगरपालिकाको कार्यालयमा पुगेर प्रमुख वकिलले कार्यभार ग्रहण गरे । कार्यभार सम्हालन पुगेका प्रमुख वकिललाई कर्मचारी र स्थानीयहरु भव्य रुपमा स्वागत गर्दै अधुरो रहेको नगरको विकासको कामलाई पुरा गराउन अग्रिम शुभकामना दिए ।
प्रमुख पदमा निर्वाचित भएका शेख वकिलले नगरवासीलाई धन्यवाद दिदै तपाईहरुको आशिषलाई सिरोधार्य गरेर नगरको समुन्नत विकास र प्रगतीमा लगाउने छु उक्त कार्यमा तपाईहरुको साथ पहिलाको झै हुने आशा र विश्वास राख्दै नगरलाई समृद्ध बनाउने कार्यमा हरदम प्रयत्नशिल रहेको प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै