रौतहट, ६ जेठ । रौतहटको यमुनामाई गाउँपालिका २ भेडियाही माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतपेटिका लुटेर भाग्ने कार्यमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको मतदानको क्रममा सोही गाउँपालिका २ का ४६ बर्षिय चन्देश्वर बैठालाई प्रहरीले आज दिउसो पक्राउ गरेको हो । चुनावको दिन मतदान केन्द्र भित्र जबरजस्ती प्रवेश गरी केही स्थानीयहरुले मतपेटी लिएर भाग्न थालेपछि मतपेटीका नियन्त्रणमा लिनको लागि सुरक्षाकर्मीले केही राउण्ड हवाई फायर समेत गरेका थिए ।
घटना पश्चात् फरार भएको आरोपीहरुलाई छुकीछिपी घरमै बस्दै आएको अवस्थामा आज निजलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका वैठा विरुद्ध निर्वाचन ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ । घटनामा संलग्न अन्य फरार आरोपीहरुको खोजी जारी रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन