जनताको अमूल्य मतको कदर गर्दै नगरलाई समृद्ध बनाई गौरलाई भ्रष्टाचारमुक्त बनाउन ः नेकपा एसका अध्यक्ष नेपालको निर्देशन

   ६ जेष्ठ २०७९, शुक्रबार १९:१५  

रौतहट, ६ जेठ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताको अमूल्य मत लिएर निर्वाचित भएका पदाधिकारीहरु विना भेदभावपूर्ण रुपमा नगरको समृद्ध विकासमा ध्यान केन्द्रीत बनाउन निर्देशन दिनु भएको छ ।
गृह जिल्ला रौतहट सदरमुकाम गौर स्थित नगरको सभाकक्षमा आयोजित नवनिर्वाचित नगरप्रमुख सहितका पदाधिकारीहरुलाई शुक्रवार बधाई तथा शुभकामना दिदै अध्यक्ष नेपालले जनताको सुखदुखमा साथ दिनेलाई नै जनताले सधैको लागि याद राख्ने भएको हुँदा निर्वाचन पश्चात मत दिएका वा नदिएका सवैको पक्षमा सकारात्मक रुपमा विना भेदभाव काम गर्नेलाई पुन ः जनादेश प्राप्त हुने गर्दछ त्यसैले पैसाको खेलमा नलागी जनमुखी काम गर्नुपर्ने निर्देशित गरे ।
जनता सर्वोपरी हुन्छ, जनतालाई कहिल्यै झुक्यानु हुँदैन, नगरका जनताहरुलाई चाहिने अत्यावश्यक सेवा सुविधाको खास रुपमा ध्यान दिएर त्यस तर्फ यथोचित पहल गर्नुपर्ने सुझाव दिदै गौर नगरको विकास मा आफूबाट हुने सबै सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै भ्रष्टाचार, कमिशनतन्त्र, नातावाद, कृपावादको नितीलाई चिर्दै नयाँ युगमा गौरलाई पुर्याउन धेरै विश्वास गरेर मत पाएको हुँदा यसलाई सदुपयोग गरी पार्टीको नाम र इज्जत एवं गरिमालाई कायम राख्नुहुने विश्वास समेत प्रकट गरे ।
नवनिर्वाचित मेयर उपमेयर सहित सम्पूर्ण पदाधिकारीहरुको कार्यकार्य सुखद, जनमुखी, जनउत्तरदायी होस भने कामना गर्दै बधाई तथा शुभकामना दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै