झण्डै ३ करोड बराबरको सामान नेपाल प्रहरीले बरामद गरेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाए

   १५ माघ २०७७, बिहीबार २०:३८  

रौतहट, १५ माघ । भारत संग जोडिएको विभिन्न नाकाहरुबाट अबैध रुपमा भन्सार छली गरेर सामानहरु नेपाल तर्फ प्रवेश गराइरहेको अवस्थामा सिमामा तैनाथ नेपाल प्रहरीका गस्ती टोलीले बरामद गरेको झण्डै तिन लाख मूल्य बराबरको मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएको सुचना अनुसार जिल्लाको भारत संग जोडिएको विभिन्न चोर सिमानाकाहरुबाट सामानहरु भन्सार छलेर ल्याइरहेको अवस्थामा बरामद गरिएको छ । त्यस्ता सिमानाका सहित हरेक नाकामा नेपाल प्रहरीको विभिन्न युनिटहरुको नियमित रुपमा गरिएको गस्ती टोलीले उक्त मुक्त बराबरको मालसामानहरु बरामद गरिएका प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए ।
प्रहरीले बरामद गरेको २ करोड ९० लाख ४३० मूल्य बराबरको गाडीको फिल्टर, खानेतेल, वेवी सुट, लडिज बच्चाको फ्रक, कुर्ता सुरुवाल, साडी, सोनाटा कम्पनीको घडी, घडी सर्फ, ठुलो जिन्स पाईन्ट, पेटीकोटको थान कपडा, ट्राउजर, चुरोट, राजनिवास, डटपेन, मोबाईल चार्जर, चिनी, लगायतका अन्य मालबस्तुहरु वेवारिसे अवस्थामा फेलामा अवस्थामा बरामद गरेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै