लम्कीचुहा नगरपालिकाको मेयर उपमेयरमा महिला निर्वाचित

   ७ जेष्ठ २०७९, शनिबार ०८:५५  

धनगढी, ७ जेठ । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा महिला निर्वाचित भएका छन् ।
नेपाली काग्रेसको टिकट पाएर उम्मेदवार बनेकी सुशिला शाही र एमालेको टिकटबाट उपमेयर पदमा उम्मेदवार भएकी जुना चौधरी विजयी भएका हुन् ।

कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी मेयर पद जितिन उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत मात्रै पाए ।
उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भइन उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै