पपस्टार रिहानालाई पुत्र लाभ

   ७ जेष्ठ २०७९, शनिबार ०९:०१  

हलिउड पपस्टार रिहाना र उनका प्रेमी र्‍यापर रकी अभिभावक बनेका छन् । रिहानाले एक सुन्दर पुत्रलाई जन्म दिएकी छिन् ।

मे १३ मा लस एन्जल्समा रिहानाले शिशुलाई जन्म दिएको हलिउड निकट संचारमाध्यमले जनाएका हुन्। र्‍यापर रिकी रिहानाका प्रेमी हुन् । यी दुवै चाँडै बिहे बन्धनमा बाँधिने जनाइएको छ । लामो समयदेखि उनीहरु डेट गरिरहेका थिए । तर, दुबैले सन् २०२१ मा सम्बन्धबारे सार्वजनिक गरेका थिए । पिपल म्यागजिनका अनुसार अहिले रिहाना र रकी बच्चा सँग लस एन्जल्स स्थित घरमा छन् ।

रिहानाको स्वास्थ्य पूर्णरुपमा ठीक रहेको र अभिभावक बनेपछि दुवैजना खुसी रहेको समेत म्यागजिनले उल्लेख गरेको छ । प्रेग्नेन्सीको खबरको केही समयमै रकीलाई रिहानाबाट चिट गरेको आरोप समेत लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै